काठमाडौं , ०३ कात्तिक। काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश बाबुराम सुवेदीको इजालसले आइतबार यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँचदिन हिरासतमा राख्न अनुमति दिएको र दुई दिन बितेकाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
यसअघि अदालतले महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो। त्यो म्याद शुक्रबार सकिएको थियो। संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो। निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ। – रासस
Facebook Comments