काठमाडौं, ०६ कात्तिक। धनुषामा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन्। जनकपुर उप–महानगरपालिका–१४, प्रगतिनगरमा जनकपुर उप–महानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या गरिएको हो।
३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
साह र चौधरीबीच ठेक्कापट्टा विवाद रहेको र यही विषयमा कुराकानी नमिल्दा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शाहमाथि गोली प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चौधरीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको छ।
Facebook Comments