काठमाडौँ, १० भदौ। मंगलबार सुनको मूल्य घटेको छ। सोमबार इतिहासकै उच्च भएको छापावाला सुनको मूल्य मंगलबार ओरालो लाग्दै प्रतितोला ७२ हजार ६०० रूपैयाँमा झरेको हो। सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ। मंगलबार चाँदीको मूल्य भने स्थिर छ। प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
पछिल्लो दुई महिना अवधिमा सुनको भाउ प्रतातोला झण्डै १० हजार रुपैयाँ बराबरले बढी सकेको छ। बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढे पनि नयाँ गहना किन्नेहरु नभएको व्यवसायीहरूले बताएका छन्। अहिले बजारमा नयाँ सुन किन्नेको भन्दा पुराना सुन बेच्नेको संख्या बढी देखिएका छन्।