काठमाडौँ, ०४ भदौ। नेपाली सिने क्षेत्रका हस्ती वरिष्ठ निर्देशक किशोर रानाको निधन भएको छ। ६४ वर्षिय राना उपचारका क्रममा बुधबार दिउँसो सवा तीन बजे निधन भएको
हो।
‘सीमारेखा’ उनले निेर्दशन गरेका ऐतिहासिक चलचित्र हो। नेपालकै पहिलो सिनेमास्कोप चलचित्र ‘राँको’ बनाएका रानाको निर्देशनमा ‘घामछायाँ’, ‘करोडपति’, ‘बन्धकी’जस्ता सफल चलिचत्र बनेका छन्।
उनले निर्देशन गरेको चलचित्र ‘कर्जा’मार्फत धिरेन शाक्यले नेपाली चलचित्र उद्योगमा पाइला टेकेका थिए। वरिष्ठ निर्देशक राना लामो समयदेखि मिर्गौलाको समस्याबाट ग्रस्त थिए। प्रायः सफल चलचित्र दिँदै आएका रानाले धेरै अवार्डबाट सम्मानित भइसकेका छन्।
Facebook Comments