नवलपुर, ०१ भदौ। नवलपुरको अरूण खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग फेरि अवरूद्ध भएको छ। केही दिनअघि ट्रकको ठक्करबाट पुल भासिएपछि वैकल्पिक मार्गको लागि खोलामा डाइभर्सन बनाएर आवागमन सहज बनाएको थियो।
तर, आईतबार साँझ करिब साढे ६ बजे बाढीले डाइभर्सन बगाएपछि फेरि यातायात अवरूद्ध बनेको हो। डाइभर्सन बगेपछि बुटवल र नारायणगढको बाटो भएर ओहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ।
उक्त पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निरीक्षण गरेर छिटोभन्दा छिटो मर्मत गर्न डिभिजन सडक कार्यालयलाई निर्देशन दिएका थिए। कार्यालयले भने पुल मर्मत कार्य कम्तिमा पनि एक हप्ता लाग्ने प्रतिक्रिया दिएको छ।
Facebook Comments

























