काठमाडौँ, ३० साउन। वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ। ९७ वर्षको उमेरमा बिहीबार बिहान काठमाडौँ कालिकास्थानस्थित आफ्नै निवासमा निधन भएको पारिवारले जनाएको छ।
निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो। दीक्षितको शव आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
मदनमणि दीक्षित बुबा लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७९ फागुन ६ गते गैरीधारा, काठमाडौंमा भएको हो।
लामो समयसम्म पत्रकारिता गरेका उनी उपन्यास तथा कथा लेखनमा चर्चित व्यक्ति हुन्। माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो।
दीक्षितका प्रकाशित केही कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्यो? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)


























