मकवानपुर, २८ साउन। मकवानपुरमा डेंगु फैलिने क्रम नरोकिँदा सर्वसाधारणमा त्रास फैलिएको छ। साउन लागेदेखि मात्रै मकवानपुरमा डेंगुका बिरामीको संख्या १२४ पुगेको छ। डेंगुबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित छन्। डेंगु नियन्त्रणका प्रयास भइरहे पनि नियन्त्रण गर्न कठिन भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशीकान्त सिंहले बताए।
सबैभन्दा बढी हेटौँडा उप–महानगरपालिका–४ प्रभावित भएकोले त्यस क्षेत्रमा बृहत् सरसफाइ तथा डेंगु नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरिएको उपमहानगरपालिका जनस्वास्थ महाशाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए। डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान तीव्र पारिएको उनले बताए।
Facebook Comments


























