भारतकि पूर्व विदेशमन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ।
भारतीय जनता पार्टी (बिजेपी)कि वरिष्ठ नेता स्वराजको कार्डियाक अरेस्टका कारण दिल्लीको एम्स अस्पतालमा निधन भएको हो, विविसी हिन्दीले लेखेको छ।
अन्तिम श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई बुधबार मध्यान्नदेखि तीन घण्टाको लागि विजेपी पार्टी मुख्यालयमा राखिनेछ भने लोधी शवदाह गृहमा उनको अंतिम संस्कार गरिनेछ।
आफ्नो चार दशक लामो राजनीतिक यात्रामा सुषमाले तीनपटक विधानसभा चुनाव जितिन् भने सात पटक सांसद बनिन्। उनी एघार पटकको चुनावमा उम्मेदवार थिइन्। भारतीय विदेशमन्त्री बन्ने सुषमा दोस्रो महिला हुन्। इन्दिरा गान्धी यसअघी भारतको विदेशमन्त्री थिएन्।
२५ वर्षको उमेरदेखि भारतीय राजनीतिमा प्रवेश गरेकी सुषमा नेता लालकृष्ण आडवाणीलाई आफ्नो गुरू मान्छिन्। एक प्रखर र ओजस्वी वक्ता साथै प्रभावशाली नेताको रूपमा परिचित सुषमालाई कुशल प्रशासक पनि मानिन्छ।
एउटा समय यस्तो थियो जतिबेला बिजेपीमा अटल बिहारी वाजपेयी पछि सुषमा र प्रमोद महाजन सबैभन्दा लोकप्रिय वक्ता मानिन्थे। यसैको कारण को उनी सडक र सदनमा ‘डि-फोर’ (दिल्ली-चार) को गन्तीमा आउँथिन्।
नरेन्द्र मोदीको सन् २०१४ देखिको शासनकालमा विदेश मन्त्री बनेकी सुसमा स्वराज सोहि चुनावमा भने मोदीको विपक्षमा थिइन्। मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बन्नबाट रोक्नको लागि २०१३ मा नेता लालकृष्ण आडवाणीलाई उनले अन्तिमसम्म साथ दिएकी थिइन्। यसको बदलामा मोदीले उनलाई नै विदेश मन्त्रालय सुम्पिए।
स्मरण रहोस्, सुषमा स्वराज भारतले लगाएको पछिल्लो नाकाबन्दीको समयमा नेपालमा पनि विशेष चर्चामा रहिन्। नेपालमा लगाइएको नाकाबन्दीको विपक्षमा वोल्ने सांसदहरूलाई उनले जवाफ दिएको भिडियो त्यतिबेला सामाजिक सञ्जालमा प्रशस्तै प्रकाशित हुने गर्थे।
एक वर्षमा तीन मुख्यमन्त्रीको निधन।
सुष्माको निधनसँगै पछिल्लो एक वर्षभन्दा पनि कम समयमा निधन हुनेमा दिल्लीका तीन मुख्यमन्त्री परेका छन्। सन् १९९३ देखि ९६ सम्म दिल्लीको मुख्यमन्त्री रहेका मदनलाल खुरानाको निधन सन् २०१८ को अक्टोबरमा भएको थियो। त्यस्तै पछिल्लो महिना मात्रै पूर्व मुख्य मन्त्री शीला दीक्षितको पनि निधन भएको थियो। दीक्षितको निधन पनि कार्डियाक अरेस्टका कारण भएको हो।
यो पनि पढ्नुहोस्:
दिल्लीकि पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन