काठमाडौँ, २० साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार ४ किलो अवैध सुनसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले एक चिनियाँ नागरिकलाई अवैध सुनसहित नियन्त्रणमा लिएको हो।
भन्सार चेकजाँचका क्रममा एक जना चिनियाँ नागरिक सुनसहित पक्राउ परेका विमानस्थलका प्रहरीले जनाएको छ। पक्राउ परेका ती चिनियाँ नागरिकको परिचय भने प्रहरीले खुलाएको छैन। तर, उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























