काठमाण्डौँ, १६ साउन। बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ ३७ पैसा तोकको छ। बुधबार खरिद दर १०९ रुपैयाँ ८८ पैसा र बिक्री दर ११० रुपैयाँ ४८ पैसा थियो।
साउदी रियाल १ को खरिद दर २९ रुपैयाँ २७ पैसा र बिक्री दर २९ रुपैयाँ ४३ पैसा छ। बुधबार साउदी रियाल १ को खरिद दर २९ रुपैयाँ ३० पैसा र बिक्री दर २९ रुपैयाँ ४६ पैसा थियो। यस्तै बिहीबार कतारी रियाल १ को खरिद दर ३० रुपैयाँ १५ पैसा र बिक्री दर ३० रुपैयाँ ३१ पैसा तोकेको छ। बुधबार खरिद दर ३० रुपैयाँ १७ पैसा र बिक्री दर ३० रुपैयाँ ३४ पैसा थियो।
यूएई दिराम १ को खरिद दर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ। मंगलबार यूएई दिर्हाम १ को खरिद दर २९ रुपैयाँ ९२ पैसा र बिक्री दर ३० रुपैयाँ ८ पैसा थियो। यस्तै मलेसियन रिंगिट १ को खरिद दर २६ रुपैयाँ ६० पैसा र बिक्री दर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ। बुधबार यसको १ को खरिद दर २६ रुपैयाँ ६४ पैसा र बिक्री दर २६ रुपैयाँ ७८ पैसा थियो।
कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ २९ पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पैसा पुगेको छ। बुधबार खरिद दर ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा थियो। यस्तै कुवेती दिनार १ को खरिद दर ३६० रुपैयाँ ५६ पैसा र बिक्री दर ३६२ रुपैयाँ ५३ पैसा तोकेको छ । बुधबार यसको १ को खरिद दर ३६० रुपैयाँ ८७ पैसा र बिक्री दर ३६२ रुपैयाँ ८४ पैसा थियो।
बहराइन दिनार १ को खरिद दर २९१ रुपैयाँ २५ पैसा र बिक्री दर २९२ रुपैयाँ ८४ पैसा छ। बुधबार बहराइन दिनार १ को खरिद दर २९१ रुपैयाँ ४७ पैसा र बिक्री दर २९३ रुपैयाँ ६ पैसा रहेको थियो।