चितवन, ०६ साउन। गत जेठ १५ देखि रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम भोलि मंगलबारबाट पुःन सुरू गरिने भएको छ। सोमबार रंगशाला निर्माण सहयोग समिति सचिवालय र धुर्मुस–सुन्तली फाउण्डेशनको संयुक्त बैठकबाट उक्त निर्णय भएको हो।
उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ तथा जिल्लाका सबै स्थानीय दलका प्रतिनिधीहरूको उपस्थिति थियो।
Facebook Comments