काठमाडौँ । शुक्रबार चितवनका किसानले गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै अखिल नेपाल किसान युनियनले पनि सरकारलाई किसानको समस्या समाधान गर्न माग गरेको छ। युनियनले तरकारीको न्यूनतम मूल्य तोक्दै बजारको व्यवस्थापन गरिदिन सरकारसँग माग गरेको हो।
नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनताका कारण नेपाली किसान पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको युनियनले विज्ञप्तिमार्फत बताएको छ। राज्यको गलत नीतिका कारण आफ्ना उत्पादनको उचित मूल्य नपाएर लागतसमेत नउठ्ने अवस्थाको सिकार विगतदेखि नै हुँदै आएको भन्दै निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा माग गरेको हो।
लागत मूल्य पनि नपाएको भन्दै चितवनका किसानले शुक्रबार नारायणगढको पुलचोकमा सडकमै तरकारी फालेर राज्यको ध्यानाकर्षण गराएका थिए।
Facebook Comments


























