नवलपुर । भारतमा प्रख्यात कम्पनी शिवकृति एग्रो प्रालिले उत्पादन गरेको ‘हेलो बासमती चामल’ नेपाली बजारमा भित्रिएको छ। कम्पनीले उत्पादन गरेर विगत वर्षदेखि नै नेपालमा उपभोग हुँदै आए पनि यसको आधिकारिक शुभारम्भ गरेको थिएन। तर मंगलबार कम्पनीका निर्देशक रञ्जित सिंह राघवकै उपस्थितिमा हेलो बासमती उत्पादनबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हफ।
नेपालमा मास्टर सेफ फुड प्रालिले हेलो बासमतीको बिक्री वितरण गर्नेछ। मास्टर सेफ प्रालिका अध्यक्ष प्रभाकर पण्डितले लामो समयको उपभोग र चामलबारे अध्ययन गरेपछि भारतीय कम्पनीसँग सम्झौता गरेर हेलो ब्राण्डको बासमती चामलको आधिकारिक बिक्रेता भएर काम गर्न चाहेको बताए।

चितवनका पाँच जना युवा व्यवसायीको संयुक्त पहल र उपस्थितिमा भरतपुर-८ गोन्द्राङबाट मास्टर सेफ फुड्स सञ्चालन गरिएको उनले बताए। बजारमा मिसावटयुक्त बासमती बउने हुँदा असली बासमती र त्यसको गुणस्तरलाई ध्यानमा राख्दै नेपालका उपभोक्ताका लागि सेवा दिने कामको थालनी गरिएको उनको भनाइ छ। चितवनका होटल व्यवसायी प्रभाकर पण्डितसँगै पूर्ण कंडेल, हरि न्यौपाने, श्याम कंडेल र मुकुन्दहरि गौतमको संयुक्त लगानीमा मास्टर सेफ सञ्चालनमा आएको हो।
भारतीय कम्पनी शिवकृति एग्रोका निर्देशक राघवका अनुसार अधिकांश बासमती चामलको गुणस्तर ५०-५२ प्रतिशत मात्रै गुणस्तरीय हुने गरेको छ। शिवकृतिले ९० प्रतिशत बासमतीको उत्पादन गर्दै आएको दाबी गरे।


























