चितवन । प्रनिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा गठबन्धनका उम्मेदवारको प्रचार-प्रसारमा नेपाल सांस्कृतिक संघको टोली देशव्यापी सक्रिय बनेको छ। टोलीमा नेपाल साँस्कृतिक संघका सभापति तीर्थ थापा, महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’, सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’, चर्चित कलाकार कविता गेलाल , गायक मदन थापा, गायिका जालुमाया गुरुङ र भेषराज पौडेल छन्। चुनावी सांस्कृतिक अभियानअन्तर्गत नवलपरासीबाट प्रचार-प्रसारको अभियान सुरु गरेको यस टोलीले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भइ अहिले पूर्वतर्फ लागेको छ।
पूर्वको झापा पुगेर कार्यक्रम समापन गरिने नेपाल साँस्कृतिक संघ सभापति तीर्थ थापाले बताए। चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुती देखाएको थियो। गठवन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले विशेष प्रस्तुती दिएका थिए। अहिलेको गठबन्धनको आवश्यकताका बिषयमा गीत, नृत्य प्रहसन, कला र प्रस्तुतीबाट आम नागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दरले बताए।


























