चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले निर्वाचनको लागि अन्य दल या उम्मेदवारको विरूद्ध अनावश्यक टिप्पणी नगर्न आफ्नो कार्यकर्ता तथा पार्टीका उम्मेदवारहरूलाई निर्देशन दिएका छन्। मत माग्ने बहानामा फरक बिचार र फरक दल हुँदैमा उसको विरोध गरेर मत माग्ने काम कसैले पनि गर्न नहुने भन्दै त्यसतर्फ सतर्क रहन उनले निर्देशद दिएका हुन्।
‘हामीले सधैँ प्रतिष्पर्धी दलसँग सदभाव कायम गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन प्रकृयामा जानुपर्छ,’ उनले भने, ‘कसैलाई आरोप लगाउने या गाली गलौज गर्ने हाम्रो सभ्य संस्कार होइन।’ चुनावी सभा, पार्टी भेला या घरदैलोलगायतका कुनै पनि कार्यक्रममा सहभागी हुँदा असभ्य भाषाको प्रयोग नगर्नसमेत निर्देशन दिएका छन्।
आफूले विगत २५ वर्षदेखि चितवनवासीकै नाममा निरन्तर पसिना बगाउँदै आएको हुँदा अझै पनि चितवनवासीकै लागि काम गर्ने इच्छा जागेकै कारण यसपटकको निर्वाचनमा आफू उम्मेदवार बनेको उनले बताए। चितवनको विकास र समृद्धिका लागि आफूले जीवन रहेसम्म काम गरिरहने समेत उनले बताए।
Facebook Comments


























