चितवन । सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चितवनमा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ तमूटोलस्थित रामप्यारी गुरुङको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपिलवस्तु शिवराज नगरपालका वडा नम्बर ९ का राम चौधरी र छतिराम थारुको बुधबार साँझ करिब साढे ६ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा अचानक चिप्लिएर खसेका २४ वर्षीया छतिरामलाई निकाल्न भित्र पसेका २३ वर्षीया राम चौधरीको पनि निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। दुवै शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।
Facebook Comments


























