चितवन । रत्ननगरस्थित टाँडीमा जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नं.को बस रत्ननगर-२, लौरीघोल नजिक पल्टिँदा दुर्घटना भएको हो। बसमा सवार घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। बसमा चालकसहित ३० जना रहेको बुझिएको छ।
Facebook Comments


























