चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आइतबार भरतपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणले ११ केभीएचटी लाइन निर्माण कार्य हुन लागेकोले जेठ २२ गते (आइतबार) कल्याणपुर फिडरअन्तर्गत धर्मचोक, पेन्सन क्याम्प, कल्याणपुर, अजय चोक, विकास चोकदेखि कैलाशनगर आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो। विद्युतको निर्माण कार्य तोकिएको समयअगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति हुने पनि कार्यालयले सूचना जारी गरेको छ।

Facebook Comments


























