चितवन । चितवन प्रहरीले गएराति पेस्तोलसहित एक मानिस पक्राउ गरेको छ। राति करिब सवा १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर–४ स्थित रामपुर–चौबीसकोठी सडकको सृष्टीचोकमा चेकजाँच गर्ने क्रममा ना४५प २७१ नम्बरको मोटरसाइकलमा सवार भरतपुर–६ का दीपक पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।
उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान मोवाइलसमेत बरामद गरेको उनले बताए। पक्राउ परेका पुनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























