पोखरा । जहाजमा तेल हाल्न गएको ट्याङ्कर धावनमार्गनजिकै पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थलको जहाज उडान र अवतरण पुन: शुरू भएको छ। नेपाल आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको थियो। विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले ‘पेरिमिटर रोड’ को नजिकै पल्टिएको ट्यांकर हटापछि उडान र अवतरण पुनः सञ्चालनमा आएको जानकारी दिए।
Facebook Comments


























