चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामन गाउँपालिका वडा नम्बर ६ कालीखोलामा बस र ट्याङ्कर ठोक्किँदा तीन जना घाइते भएका छन्। मंगलबार बिहान करिब सवा ८ बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ७०३ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खाँदा बसमा सवार तीन यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बसमा सवार इच्छाकामना-६ कुयलघारी वस्ने वर्ष ६९ का जीतबहादुर विक, भरतपुर २९ बस्ने वर्ष ४५ की लालमाया गुरुङ र गोरखा नगरपालिका ८ बस्ने वर्ष ५२ की चमेली उपरकोटी घाइते भएका हुन्। विकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य दुईको स्थानीय मेडिकलमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण दुवै सवारीसाधनमा क्षति भएको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनका चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन्। बाटो भने अवरोध नभएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।


























