चितवन । सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसदमा ल्याएको बजेटबाट भरतपुर महानगरपालिकामा क्रिकेट रंगशालादेखि नारायणी नदीमा सिग्नेचर पुलसम्मका विकासका योजनालाई प्राथमिकतामा राखेको छ। महानगरपालिकाभित्र पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, महानगरको ढल व्यवस्थापन, नारायणी नदीमा सिग्नेचर पुल निर्माण, औधोगिक क्षेत्र तथा उद्योग ग्राम विस्तार, शिक्षक अस्पताल, नारायणी नदीमा तटबन्धन र नारायणीको पर्यटन विकास सरकारको बजेट भाषणमा समावेश छ।
यस्तै महानगरको प्रशासनिक भवन निर्माण, सिंचाइ तथा खानेपानी व्यवस्थापन, शहरी पूर्वाधार विकास कार्यक्रमलगायतले पनि प्राथमिकता पाएको भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन्। भरतपुरलाई समृद्ध महानगर बनाउन सहयोग पुग्ने गरी केन्द्र सरकारले ध्यान दिएको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धन्यवाद दिएकी छन्। तर भरतपुर विमानस्थलको स्तर उन्नतिबारे भने नीति तथा कार्यक्रममा आए पनि बजेट भाषणमा समावेश नगर्नुले दुःख लागेको बताइन्।
Facebook Comments


























