काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ। एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा सवार थिए। पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी छन्। विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो।
वेपत्ता विमान खोजीकार्य तीव्र पारिएको छ। पोखराबाट उडेपछि मुस्ताङको लेतेपासबाट सम्पर्कविहीन भएको बताइएको छ। स्थानीयले भने मुस्ताङको घाँसा क्षेत्रमा ठूलो आवाज आएको र आगो बलेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
Facebook Comments


























