चितवन । कविडाँडा साहित्य समाज, चितवनले नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रष्ठसहित पाँच जना स्रस्टालाई पुरस्कृत गरेको छ। संस्थाको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार विभिन्न चार वटा शीर्षकमा पाँच जना स्रष्टालाई पुरस्कृत गरिएको हो। कवि तीर्थ श्रेष्ठलाई कविडाँडा तुलसी सुवर्ण काव्य पुरस्कारबाट नगद ३० हजार १६० राशिले पुरस्कृत गरिएको हो।

पुरस्कृत हुने अन्य स्रष्टाहरुमा कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार एवम् पत्रकार लेखराम सापकोटा र कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कारबाट कवि एवम् आख्यानकार सिर्जन अविरलला२ पुरस्कृत गरिएको कविडाँडा साहित्य समाजले जनाएको छ।

कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कारबाट भने दुई स्रष्टालाई पुरस्कृत गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए। उक्त शीर्षकको पुरस्कार कवि, निबन्धकार तथा पुराना पत्रकार रेशम विरही र कवि तथा नाटककार तुलसी थापालाई प्रदान गरिएको हो। कवि तीर्थ श्रेष्ठबाहेक अन्य सबै स्रष्टालाई जनही १५ हजार १६० रुपैयाँ नगदद्वारा पुरस्कृत गरिएको हो।
तस्बिरहरु हेर्नुहोस्ः




























