चितवन । मनसुनको मौसम शुरु हुन लाग्दा चितवन प्रहरीले मौसम हेरेर मात्रै यात्रा गर्न सुझाव दिएको छ। विशेष गरी मुग्लिन-नारायणगढ सडकमा पानी परेपछि पहिरो झर्ने समस्या बढ्ने हुँदा उक्त बाटो भएर यात्रा गर्नेहरुले मौसम हेरेर यात्रा गर्न प्रहरीले सुझाव दिएको हो। शनिबार साँझ पनि इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९९०९ नं.को यात्रुवाहक माइक्रो बस र प्रदेश ३-०१-०२३ च ०५३५ नं. को कारमाथि पहिरो खस्दा माइक्रो बस चालक नवलपुरको कावासोती-७ बस्ने वर्ष ३६ का टीकाराम महतो घाइते भएका थिए। केही घण्टाको समयपछि प्रहरीको प्रयासमा बाटो दुईतर्फी सञ्चालनमा आएको थियो।
तस्बिर हेर्नुहोस्ः तस्बिर स्रोत : ट्राफिक प्रहरी चितवन/विनोद श्रेष्ठ, मुग्लिन

भिडियो हेर्नुहोस्ः https://fb.watch/di11nlMz2J/


























