चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाको लागि बन्द हुनु दुःखद भएको बताएका छन्। सर्वोच्च अदालतको परमादेशबाट भएको उक्त निर्णयले देशमा बन्न लागेको एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको दुःखद अन्त्य भएको बताएका हुन्।
सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै काम बदर गरेसँगै विमानस्थल आयोजनाका लागि अहिलेसम्म खर्च भएको साढे ३ अर्ब रुपैयाँ रकम त्यसै खेर गएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार विमानस्थल आयोजना सुरु भएयता साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ।
Facebook Comments


























