काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले २८ हजार बढी मत पाएका छन्। ७३ हजार ५०० मत गणना हुँदा शाह एक्लैले २८ हजार २० मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले भने बल्ल १४ हजार ५४८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले भने जम्मा १३ हजार ९९० मत प्राप्त गरेकी छन्। मतगणनाको शुरुवाती चरणदेखि नै एकोहोरो अग्रता लिइरहेका बालेनले अहिलेसम्म निकटतम प्रतिद्वन्द्वीको भन्दा करिब दोब्बर बढी मत ल्याइरहेका छन्। मतगणना अझै जारी छ।
Facebook Comments


























