चितवन । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर १३ मा वडाअध्यक्षहरुको मत बराबर आएको छ। नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उमेदवार सूर्यबहादुर प्रजा र नेपाली कांग्रेसबाट उमेदवार बनेका अशोककुमार प्रजाको मत बराबर आएपछि नेपाली कांग्रेस चितवनले पुनः मतगणनाको माग गरेको छ। दुवै जना उमेदवारको मत ५०१ बराबर आएको थियो। तर नेपाली कांग्रेसले केही मतपत्रहरुमा मतदान अधिकृतको सही नभएको भन्दै पुनः मतगणनाको माग गरेको हो।
जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ। ‘मतपत्रमा मतदान अधिकृतको सही नहुनु नियोजित र षड्यन्त्र भएको ठहर गर्दै पुनः मतगणना गरी नतिजा सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
Facebook Comments


























