चितवन। माडी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेकी ताराकुमारी काजी महतो भारी मतका साथ विजयी भएकी छन्। पाँच दलीय गठबन्धनका साझा उमेदवार ऋषी काफ्लेलाई दुई हजार १७१ मतअन्तरले पराजित गर्दै जित हात पारेकी हुन्।
उनी यसअघि माडी नगरपालिकामा उपप्रमुख भएर काम गरेकी नेतृ हुन्। कुल २० हजार ४९५ मत खसेको माडीमा महतोले ९ हजार ९०१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका काफ्लेले जम्मा ७ हजार ७२९ मत पाए।
चितवनको सबै पालिकामा मतगणना चलिरहँदा मतगणना सकिएको माडी पहिलो स्थानीय तह हो।
Facebook Comments


























