चितवन। भरतपुर महानगरपालिकाको वडा नं २ को १९०० मतगणना सकिएर थप मत गन्दै गर्दा मत सदर कि बदर भन्ने विषयमा मतगणना रोकिएको छ। नेकपा एमाले पक्षले सदर गर्न माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो।
मत बदर वा सदर गर्ने विषयमा गणना अधिकृतले पक्षपात गरेको नेकपा एमालेको आरोप छ। यो विवाद समधानका लागि सर्वदलीय बैठक बस्न लागेको नेकपा एमालेका युवा नेता अस्विन घिमिरेले जानकारी दिएका छन्।
Facebook Comments


























