चितवन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको चितवनको इच्छाकामना गाउँपालिकामा यसपटकको निर्वाचनमा भने नेकपा एमालेले अग्रता लिएको छ। राति १ः०६ बजेसम्म गणना भएको मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्ष पदमा सूर्यले ९६३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा पनि सूर्यले नै ९६५ मतका साथ अग्रता कायम गरेको छ।
रुखले अध्यक्षमा ९५४ मत पाएको छ भने उपाध्यक्षमा हँसिया हथौडाले ९६० मत पाएको छ। पछिल्लो अवस्था हेर्दा झिनो मतान्तरले नेकपा एमाले अगाडि देखिन्छ। याे नतिजा वडा नम्बर २ को ८०० मत गन्दासम्मको हो। वडामा पनि नेकपा एमालेले नै अग्रता लिएको छ। सूर्यले ३५७ मत प्राप्त गर्दा हँसिया हथौडाले ३४७ मत प्राप्त गरेको छ।
वडा नम्बर एकमा भने नेकपा माओवादी केन्द्रले वडाअध्यक्ष जितिसकेको छ भने वडा सदस्यहरुमा सबै नेकपा एमालेबाट विजयी भएका छन्। यो वडा नम्बर १ को एक हजार ३४७ र वडा नम्बर २ को ८०० गरी दुई हजार ३४७ मत गन्दासम्मको परिणाम हो। वडा नम्बर २ मा भने एक हजार ३३८ मत खसेको छ।



























