चितवन । मतदान सुरु हुनुपूर्व नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र भरतपुर महानगर इञ्चार्ज रामचन्द्र अधिकारीलाई स्थानीयले कारवाही गरेका छन्। मौन अवधिको समयमा चुनावी प्रचारप्रसार गर्न हिँडेको भन्दै बिहीबार राति नेताहरु सवार बा१६च७५४४ नम्बरको स्कर्पियो नियन्त्रणमा लिइएका हुन्।
निर्वाचन हुनुपूर्व ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु भए पनि चितवनका हरेक वडा र टोलमा नेताहरु पैसा बाँड्दै हिँडेका फोटो र भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएका छन्। अबको निर्वाचनमा मत किनेर चल्दैन भन्ने विषयमा मतदाता सचेत भइसकेका छन्।
गाडीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्वकीय सचिव निशा न्यौपाने पनि थिइन् । रातको १ बजे मतदाता प्रभावित पार्ने खालको मतपत्र लिएर हिडेका थिए। उनीहरुको साथबाट नमुना मतपत्रको चिट खोसेर स्थानीयले च्यातिदिएका छन्।


























