चितवन । नेकपा एमालेको चुनावी सभा नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ। उक्त सभामा पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन्। सभामा नेकपा एमालेका नेताहरु रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलगायतले सम्बोधन गर्दैछन्। कार्यक्रमको लगातार टिभी, अनुभव टिभी र कालिका एचडी युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ भने फेसबुक पेजमा लगातार न्युज, टिभी कालिकाबाट पनि प्रत्यक्ष प्रशारण भइरहेको छ।
Facebook Comments


























