चितवन । नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिकाको मेयर पदकी उमेदवार विमला दुवाडीले रत्ननगर नगरपालिकाले पहिलो महिला मेयर पाउन लागेको दाबी गरेकी छन्। रत्ननगरको वडा नम्बर ७ मा भएको चुनावी घरदैलोमा बोल्दै दुवाडीले नगरको उपमेयर हुँदा महिला, स्वास्थ्य, उद्यमशीलता, स्वरोजगार तथा न्यायिक मामलामा गरेको कामकै आधारमा आफूले यसपटक मेयर जित्ने दाबी गरेकी हुन्।
आफू मेयर भएर आएपछि गएको पाँच वर्षमा पूरा गर्न बाँकी रहेको अधुरा काम पनि पूरा हुने बताइन्। ‘गर्न सक्ने कामका विषयमा मात्र बोल्छु, नसक्ने काम गर्छु भनेर झुटो आश्वासन दिने काम गर्दिनँ,’ उनले भनिन्। मेयर भएपछि हरेक ६/६ महिनामा वडावडामा गएर महिलाहरूको निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण गर्ने व्यवस्था मिलाउने भन्दै मतदाता फकाइन्।
Facebook Comments


























