चितवन १३ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूसँग भेटघाट गरेका हुन्। छोटो समयका लागि यहाँ आएका नेता दाहालले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उप-प्रमुख पदका उमेदवारसमेत रहेका नगर सभापति चित्रसेन अधिकारीसँग भेट गरे।
भेटपछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने विषयमा छलफल भएको बताए। दाहालले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा दिएको वागी उमेदवारीको विषयमा पनि छलफल भएको थियो।
उनले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गरेका छन्। भेटमा दाहालले वडा तहसम्म मिलाउन र असन्तुष्ट पक्षलाई सम्झाउन आग्रह गरिएको मन्त्री खनालले बताए।


























