काठमाडौं २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन्। एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ।’
आयोगले जारी गरेको आचारसहिंता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे। आचारसहिंताको कहीँ कमी कमजोरी नरहने गरी गतिशील ढङ्गले पालना गर्न उनको आग्रह थियो। उनले राजनीतिक दलसँग परामर्श नगरिकन निर्वाचन आयोगले आचारसहिंता लागू गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
Facebook Comments


























