काठमाडौँ, चैत्र ५ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले निर्वाचनमा नेकपा एमालेको बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने टिप्पणी गरेका छन्।
शनिबार नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलामा नेता खनालले अवसरवादतिर लागेका ओलीलाई कारबाही गर्नुपर्ने बताएका हुन्।
उनले ओलीलाई ठूलो कारबाही गर्दै बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने बताएका छन्। नेता खनालले पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने ओलीलाई तल्लो तहसम्म भण्डाफोर गर्नुपर्ने पनि बताएका थिए।
Facebook Comments


























