काठमाडौँ, चैत्र ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन्।
आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नामै लिएर एमालेले जिताइदिएका जनप्रतिनिधिको कार्यकाल अब सकिएको बताएका हुन्।
‘प्रचण्डजी, हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ, भाँडो त सिक्दिसक्यो त,’ उनले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ लाउने ?’ यो चुनावले बनाएको गठबन्धन हो र ? ओलीले प्रश्न गर्दै भने, ‘अदालतले बनाएको काँचो सिसाले बनाएको गठबन्धन हो।’
Facebook Comments


























