फागुन २९ । प्रभासको हालै रिलिज भएको फिल्म ‘राधे श्याम’सँग ‘नाम बडे र दर्शन छोटे’ भन्ने वाक्यांश एकदमै मिल्छ। बाहुबली पछि, सुपर स्टार बनेका प्रभासको फिल्मले बक्स अफिसमा आफ्नो चमत्कार देखाउन सकेन।
‘पुष्पा–द राइज’ रिलिज भएपछि अल्लु अर्जुनले जस्तै प्रभासले पनि तेलुगु बक्स अफिससँगै हिन्दी बक्स अफिसमा पनि जादू चलाउनेछन् भन्ने सबैको अपेक्षा थियो। तर, यो सम्भव देखिँदैन।
बक्स अफिसमा राधे श्यामको कुल ओपनिङसँगै प्रभासको प्यान इन्डिया स्टार बन्ने प्रयासलाई ध्वस्त पारिएको छ। ३५० करोडको बजेटमा बनेको यो फिल्मले हिन्दी संस्करणले पहिलो दिन चार करोड ५० लाख कमाएको छ। पहिलो दिनको तुलनामा दोस्रो दिन पनि फिल्मको कलेक्सन उस्तै रह्यो।
फिल्म रिलिज हुनुअघि नै सिनेमाघरमा राधे श्यामको लागि जसरी अग्रिम बुकिङ भइरहेको थियो, त्यसले चलचित्रको अपेक्षा निकै बढेको थियो। तर, रिलिजपछि मात्रै प्रभासका फ्यानहरु निराश भएका छन्।
भारतमा राधे श्यामको कलेक्सनको कुरा गर्ने हो भने फिल्मले दोस्रो दिन २४ देखि २७ करोड रुपैयाँ कमाएको छ। दोस्रो दिनको कमाइ विश्वभर पहिलो दिनको तुलनामा ६० प्रतिशत कम थियो। राधे श्यामलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन्। फिल्ममा पूजा हेगडे पहिलो पटक प्रभासको अपोजिटमा देखिएकी छिन्।
प्रभासको फिल्म राधे श्याम सन् १९७० को युरोपमा आधारित छ। फिल्मले ज्योतिषी विक्रमादित्यको कथा बताउँछ। प्रभास र पूजा हेगडे स्टारर राधे श्याम मूलतः ३० जुलाई २०२१ मा रिलिज हुने योजना थियो तर कोरोना महामारीका कारण ढिलाइ भयो र मार्च ११, २०२२ मा थिएटरमा रिलिज भएको हो।


























