संखुवासभा, फागुन २६ । संखुवासभाको मादी नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ।
ज्यान गुमाउनेमा मादी नगरपालिका ६ की ५ बर्षीया बिद्या कटुवाल, ३० बर्षीया सीता बिक, ३२ बर्षीया अन्जना कटुवाल, मादी ५ का ४९ बर्षीय भवानीप्रसाद दाहाल, मादी २ का ४२ बर्षीय ईन्द्र अधिकारी, मादी ४ का ६० बर्षीय बलबहादुर कार्की, २८ बर्षिया सबिता कार्की आइतबहादुर तामाङ र ४८ बर्षीय दिपककुमार दाहाल र ताप्लेजुङका ३१ बर्षीया समिक्षा योन्जन र उनका ८ बर्षिय छोरा सुदिप घिसिंङ रहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका एसपी नविनराज राईले जानकारी दिए।
गाडी चालक तेह्रथमकौ फाक्चामाराका ३१ बर्षिय बिपिन निरौला र सहचालक मादी ५ का उमेश भट्टराईको पनि दुर्घटनामा ज्यान गएको छ।
दुर्घटनामा ५ जना घाईते भएका छन्। घाईतेमध्ये एकजनाको अबस्था गम्भीर रहेको एसपी राईले जानकारी दिए। घाईते हुनेमा मादी नगरपालिका ६ का डम्बर कार्की, तुलसा कटुवाल, मादी ४ का करिस्मा तामाङ, सुवास तामाङ र मादी ५ की युका पोखरेल छन्।
उनीहरुलाई हेलिकोप्टरबाट बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याईएको छ। घाईते मध्ये युका पोखरेलको अबस्था गम्भीर रहेको पनि एसपी राईले जानकारी दिए।
मृतकको शव पोस्टमर्टमको लागि चैनपुरमा राखिएको छ।


























