फागुन २१ । पाकिस्तानमा बम विष्फोट हुँदा मृत्यु हुनेहरूको संख्या ५० पुगेको छ।
उत्तर पश्चिमी पेशावर सहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार बम विष्फोट भएको हो। विष्फोटमा परी २०० भन्दा धेरै घाइते भएका थिए। जसमध्ये गम्भीर घाइते भएका २० जनाको मृत्यु भएसँगै मृतकसंख्या ५० भन्दा माथि पुगेको बताइएको छ।
घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको छ। विष्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आतंककारी जबरजस्ती मस्जिदभित्र जान खोजेको र प्रहरीसँग विवाद भएपछि आत्मघाती हमला गरेको प्रहरीले जनाएको छ। एजेन्सी
Facebook Comments


























