फागुन १३ । इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ। सुमात्रा टापूको पश्चिमी तट नजिकै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
शुक्रबार आएको भूकम्पको धक्का मलेसिया र सिंगापुरसम्म महसुस गरिएको थियो। उक्त भूकम्पमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको इन्डोनेसियाका अधिकारीले बताएका छन्।
‘हालसम्म दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी प्राप्त भएको छ’, पत्रकारसँग कुरा गर्दै इन्डोनेसियाको राष्ट्रिय विपत् व्यवस्थापन निकायका प्रमुख सुहार्यन्टोले भने। भूकम्पका कारण कैयौं घर र भवनमा समेत क्षति पुगेको छ।
अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरमा ढलेका घरसहित पश्चिमी पासामन जिल्लाको एक विद्यालयको छत खसेको देख्न सकिन्छ। भूकम्पलगत्तै आएको पहिरोपछि उक्त जिल्लामा केही घर पुरिएको अधिकारीको भनाइ छ।
Facebook Comments


























