काठमाडौं, फागुन ९ । बैंकिङ कसुरको आरोपमा ग्रीन लाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। शनिबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ।
अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए।
चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए। अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ।
अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन्।
Facebook Comments


























