काठमाडौैं, फागुन ८ । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्बन्धी सम्झौता टेबल हुने भएको छ। गठबन्धनका दलहरुबीच सहमति भएसँगै प्रतिनिधि सभाको कार्यसूचीमा उक्त सम्झौता टेबल गर्ने प्रस्ताव गरिएको छ।
उक्त प्रस्ताव अर्थ मन्त्रालयका तर्फबाट जनार्दन शर्माले पेस गर्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सहमति भएको थियो। तर, अर्थमन्त्री शर्मा अस्वस्थ भएकाले उक्त प्रस्ताव सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले टेबल गर्ने तयारी गरेका छन्।
केही समय अघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १६ भित्र एमसीसी पारित गर्ने बताएका थिए।
अमेरिकाले सोही मितिलाई फलो गर्दै दवाव बढाएपछि केही दिनदेखि राजनीतिको केन्द्रमा एमसीसी रहँदै आएको छ। आजको बैठकमा टेबल भएपछि यो संसदीय प्रक्रियामा जानेछ।
Facebook Comments


























