माघ २९ । दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ। बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ।
विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ। भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ।
Facebook Comments


























