माघ १२ । सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका छन्।
नगर प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भएको हो। उनीहरू मतदान गर्न आइरहेको समयमा जनकपुरधामस्थित रामचोकमा प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरिएको थियो। सोही क्रममा प्रमुख प्रसाईलाई चोटसमेत लागेको छ।
जनमतका कार्यकर्ताले आज बिहानैदेखि किसान आन्दोलनको नाममा जनकपुरधाममा तोडफोड तथा प्रदर्शन गरिरहेका छन्।
Facebook Comments


























