काठमाडौँ, माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।
कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Facebook Comments


























