चितवन ३० पुस । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलमा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना ६ स्थित तुईनभीर नजिकै तीन नम्बर पुलबाट त्रिशूली नदीमा स्कार्पियो खस्दा चालकसहित सात जना घाइते भएका हुन्।
घाइते केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। आज (शुक्रबार) साँझ करिब ६ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१३च ४३६५ नम्बरको स्कार्पियो त्रिशूलीमा खसेको हो।
Facebook Comments


























