काठमाडौं २० पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ, जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।
Facebook Comments


























