पुस १९ । अमेरिकामा बस्दै आएका गायक खडानन्द अधिकारीको स्वरमा रहेको गीत ‘सलल सलल’ सार्वजनिक भएको छ। गीतमा हरी उप्रेतीको शब्द, अर्जुन पोखरेलको संगीत तथा आमोश तामाङको एरेञ्ज छ। खडानन्दलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्।
गीतको भिडियोमा गायक खडानन्दसँगै अभिनेत्री शिल्पा पोखरेल फिचर्ड छन्।
विधान कार्की निर्देशित भिडियोमा मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशक, दीपक एम सिंहको कोरियोग्राफी, हरी हुमागाईंको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ। भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो।
गायक खडानन्द गायक रोशन अधिकारीका पिता हुन्।
https://www.youtube.com/watch?v=IrJ8kiwKCsU&t=7s
Facebook Comments


























